पुरुष प्रधान देशमा महिलाको राज चल्ने ठाउहरु ( फोटो फिचर )

By
Advertisement

हाम्रो देशमा पनि महिलाको अधिकार भनेर खुबै चर्चित छ | आरक्षण भनेर महिलाको लागि कहि न कहिँ केहि न केहि छुट्याइएको नै हुन्छ | बसमा महिला आरक्षण हुन्छ भने सरकारी जागिरमा पनि आरक्षण नै हुन्छ |

तर संसारमा यस्ता ठाउहरु पनि छन् जहाँ महिलाको अर्डर अनुसार काम गर्नु पर्छ अर्थात् महिलाको राज चल्छ | देश पुरुष प्रधान भए पनि पनि केहि यस्ता ठाउहरु छन् जहाँ महिलाको राज चल्छ ...





पाकिस्तानको कलश समुदाय.
अफगानिस्तानको सिमा नजिकै उत्तरी पाकिस्तानमा कलश समुदाय छ | यो समुदायलाई अफगानिस्तान जित्ने अलेक्जेंडर द ग्रेटको बंश मानिन्छ | करिब ३ हजारको संख्यामा रहेको यस समुदायमा महिलाको राज चल्ने गर्दछ, सायद यसैको कारणले होला यो समाज शान्त पुर्बक बाचिरहेको छ,यहाका मानिसहरु अपराध मुक्त जिबन बाँचीरहेका छन् | यहाको महिलाहरुलाई आफ्नो लाइफ पार्टनर आफै छान्ने स्वतन्त्रता छ | बिहे गरि सकेपछि पनि कुनै केटि आफ्नो श्रीमान संग सन्तुष्ट नभएमा उसले पहिलाको उक्त श्रीमान्लाई छाडेर अर्को नया को खोजीमा लाग्न सक्छे | उसलाई कसैले रोक्दैन |


भारतको मेघालय

प्राय हिन्दु धर्म मान्नेहरुमा महिलाहरुले नै आफ्नो अधिकारको बिषयमा आवाज उठाउने गर्दछन तर मेघालयमा बस्ने पुरुषहरुले आफ्नो अधिकारको बारेमा आवाज उठाउने गर्दछन | यहाँ सम्पूर्ण शक्ति महिलाको हातमा हुन्छ | यहाँ सम्पत्ति होस् या परिवारको नाम ( बिहे गरे पछि नामको पछाडी लाग्ने थर) सबै महिलाकै हुन्छ |



चीनको मोसोयु समुदाय
चीनमा लैङ्गिक अधिकारको कुरा दबाइएको छ | यहाको संस्कार पुरुष प्रधान छ | तर युननान र शिचुआनको एक ग्रुप मा भने अधिकार महिलाको हातमा छ | मोसोयु सम्प्रदायमा बिबाहको कुनै अबधारणा छैन | यहाँका महिलाहरु आफुलाई मनपर्ने पुरुष संग बस्छन त्यसैले बच्चालाई आमाको पारिवारिक नाम(थर) मिल्छ |



इन्डोनेशियाको मिनांगकाबाउ ।

इन्डोनेशियामा अन्य देशको तुलनामा धेरै मुस्लिमहरु बस्ने गर्दछन | यहाँ महिलाहरुको अधिकार कटौती हुने मुस्लिमको कानुन चल्छ | तर मिनांगकाबाउ यस्तो ठाउ हो जहाँ आमाको धनीमा सबै अधिकार हुन्छ |



हिमालयको पोलीएंड्री।

हिमालय क्षेत्र मा बहुपति अर्थात् एक महिलाको धेरै वटा श्रीमान हुने परम्परा रहेको छ | उत्तरी भारत, नेपाल, भूटान र चीनका धेरै भागमा हुने पुरुषप्रधान संस्कृतिलाइ यो प्रथाले ठाडै चुनौती दिएको छ |



इरोक्युओइस समुदाय।

इरोक्युओइस समुदाय अत्याचारी ब्रिटिश राजा को बिरुद्ध अमेरिकी क्रान्तिको प्रेरणाको लागि प्रशिद्ध छ | यस समुदायमा महिलालाई बिशेस अधिकार मिलेको छ | यहाँ छोरीलाई आफ्नो आमाको मार्फत बाट धन र शक्ति मिल्ने गर्दछ | बिहे पछि घरज्वाइ बस्नु पर्ने प्रथा यहाँ रहेको छ | यदि बिहे राम्रो भएन भने फिर्ता आफ्नै घर आउनु पर्ने हुन्छ | यो समुदाय अमेरिका र क्यानाडाको सिमानामा छ |

0 comments:

Post a Comment