मलेसियाको घटना र यथार्थता

By
Advertisement
केहि दिन अघि मलेसियामा नेपालीहरु माथि आक्रमण भएको समाचार आयो | ६ जना मरेको भन्ने समाचार पनि आयो अनि त्यसको भोलिपल्टै मृत्यको हल्ला असत्य भनेको समाचार पनि आयो |

घटना भएको यत्तिको दिन सम्म पनि नेपाल सरकारले घटना बारे निक्कै कम मात्र चासो देखाएको छ अझ भनौ चासो नै देखाएको छैन | नेपालीहरु बिदेशमा कुटिदा अनि मारिदा पनि सरकारले कुनै प्रतिक्रिया नदिएपछि नेपालीहरु आक्रोशित बनेका छन् | यो घटनाको सर्वस्त्र निन्दा र चासो बढेर गएको छ |

स्रोतका अनुसार मलेसियामा सामान्य बिबादमा नेपालीले नै नेपालीहरुलाई स्थानीय गुण्डा लगाई आक्रमण गरेको भनिएको छ | उक्त घटनामा धेरै हताहत भएको हुन सक्ने भए पनि नेपाली दुतावास क्वालालम्पुरले ३ जना मात्र घाइते भएको भनेको थियो |

प्रत्यक्षदर्शीले ६-७ वटा एम्बुलेन्समा लागेको देखेको भनेर भनेको भन्दै समाचार हरु पनि प्रकाशित भएका थिए | घटनामा संलग्न भनेर ९ जना नेपाली र ३ जना मलेसियनलाइ प्रहरीले पक्राउ गरेको थियो | अहिले सम्म प्राप्त समाचार अनुसार कसैको पनि मृत्यु भएको छैन तर आक्रमणको बारेमा भनिएको खबरले भने मृत्यु नभएको भन्ने कुरालाइ पत्याउने गाह्रो पर्दछ |

अनलाइन खबरको लागि मलेसियाको जोहोरबारु बाट भीम तामाङले यसरी घटनाको बारेमा लेखेका छन्:
त्यहाँ भेटिएका नेपालीहरुले बताएअनुसार राति करिव ८ बजेतिर चार व्यक्ति मोटरसाइकलमा आएर नेपालीहरुमाथि आक्रमण थालेका रहेछन् । उनीहरुलाई नेपालीले समातेर पिटेछन । ज्यान जोगाएर भागेका उनीहरु पछि ५० जनाजति स्थानीय युवा लिएर आक्रमण गर्न आएछन् । त्यसपछि १ सय जना र पछि अर्को चरणमा सय जना गरी करिव साढे २ सय जनाले नेपालीमाथि आक्रमण गरेका रहेछन् । नेपालीहरुले हल्का प्रतिरोध गरे पनि मलेसियनहरुले नराम्रोसँग पिटेछन् । साथीहरु ज्यान जोगाउँदै भाग्नुपर्ने अवस्थामा पुगेछन् । उनीहरुले तरवार, रड र घरेलु हतियार लिएर होस्टलमा आक्रमण गर्न थालेका रहेछन । केहीवेरपछि पुलिस आएर उनीहरुलाई नियन्त्रणमा लिएछ । त्यसका लागि हवाइ फायर पनि गर्नुपरेको उनीहरुले बताए ।

यसरि चरण चरणमा यत्तिको धेरै जनाले आक्रमण गरेपछि पक्कै पनि निक्कै हताहत भएको हुनु पर्छ{: यो अनुमान मात्र हो}| अहिले सम्म यो घटनाको बारेमा अन्यौल नै कायम छ | सरकारले यो घटनाको बारेमा छानबिन गर्नु पर्दछ र तथ्य कुरा बाहिर आउनु पर्दछ | इराक घटना सार्बजनिक भएपछि नेपालमा भएको घटनाबाट तर्सेको सरकारले फेरी त्यस्तो घटना होला भनेर घटनाको बारेमा यथार्थता लुकाउन भने मिल्दैन |

इराकमा घटेको घटना र अहिले मलेसियामा घटेको घटना फरक प्रकृतिका हुन् |

उता फेसबुकमा यो घटनालाई निक्कै नै बढाएर फोटो बनाइ सेयर गरिएको छ | घटना पछि खिचिएका तस्बिर संगै जोडेर वा नजोडी यो तस्बिर सेयर भएको छ |


यो तस्बिरले हिजो आज निक्कै नै तहल्का मच्चाइरहेको छ | धेरै भन्दै धेरै पटक सेयर भएको छ यो तस्बिर | तर वास्तबमा यो तस्बिरको मलेसियाको घटना संग कुनै सम्बन्ध छैन | प्राप्त जानकारी अनुसार यो तस्बिर हाइटीको हो | यो तस्बिरमा घटनामा महिला पनि रहेको देखिन्छ तर मलेसियाको घटनामा महिला थिएनन् |

यो तस्बिर बारे थप जानकारी पाउन यहा क्लिक गर्नुहोस


nepali-on-malaysia

2 comments:

  1. This is fake news. The picture shown below is of Haiti.

    ReplyDelete
    Replies
    1. समाचार राम्रो संग पढ्नुहोला समाचारमा त्यहि नै भनिएको छ |

      Delete