
बिरोध स्वरूप अदालत अगाडी महिलाहरु "हामीले असुरक्षित महसुश गरिरहेका छौं " लेखेरको पेपर समाई उभिएका देखिन्छन भने "हामी न्याय चाहन्छौं" जस्ता नारा लगाएको पनि भिडियोमा सुन्न सकिन्छ ।
पाँचथर थर्पु-६ घरभई हाल बेलायतमा बसोवास गर्दै आएकी कृष्णमाया माबोको गत जुन ३ तारिकमा हत्या भएको थियो ।
प्रहरीले उनको बलात्कार पछी हत्या गरेको जनाएको छ । उनि बेलायतको रेलिग सहर नजिकै आवर फिल्डमा बस्दै आएकी थिइन् ।
जुन ३ २०१३ को साझ इभिनिङ वाकमा निस्केकी माबोको शव भोलिपल्ट उनको घर भन्दा २ माइल पर गहुँ बारीमा भेटिएको थियो ।
माबो राति अबेर सम्म घर नफर्केपछि उनका श्रीमान ठालुमान माबोले प्रहरीलाइ खबर गरेका थिए ।
प्रहरीले कुकुरको सहयोग लिइ तुरुन्तै खोजि कार्य सुरुगरे पनि रिडिङको क्याष्टल हिल र इभर्सली रोडको बीचमा पर्ने रोबिन हुड कोप्समा उनको शव भने भोलिपल्ट मात्र भेटिएको थियो ।
प्रहरीले हत्याको आशंकामा एक ३० बर्षीय युबक गलेनजोनलाइ पक्राउ गरि अदालतमा उपस्थित गराएको थियो ।
0 comments:
Post a Comment