बजारमा दुइ रंगको सिलिन्डर

By
Advertisement
नेपाल सरकारले आज असार १ गते देखि दुई रङको ग्याँस सिलिण्डिर प्रयोगमा ल्याउने भएको छ ।

अहिले सम्म व्यक्तिगत अनि व्यवसायिक प्रयोजनको लागि एकै रंग(रातो)को सिलिन्डर प्रयोगमा थियो ।

तर आज देखि भने ब्यबसायिक प्रयोजनको लागि निलो रंगको सिलिन्डर र घरायसी -ब्यक्तिगत प्रयोजनको लागि भने निलो रंगको सिलिन्डर प्रयोग गर्नु पर्ने हुन्छ ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति सजिलो बनाउनको लागि निलो रंगको सिलिन्डर ल्याउनु परेको जनाएको छ ।

घरायसी प्रयोजनको लागि रातो र व्यावसायिक प्रयोजनका लागि नीलो रङको उपभोक्ता कार्ड भर्नुपर्ने हुन्छ ।

एक बर्ष अघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि सरकारले २ थरि सिलिन्डर बजारमा ल्याउने कोसिस गरेको थियो ।

तर घरायसी प्रयोगमा ल्याइने सिलिण्डरमा अनुदान दिने भन्दै तत्कालिन सरकारले बिना तयारी प्रति सिलिन्डर ६ सय ३० रुपैया बढाएर २ हजार पुर्याएपछी व्यापक बिरोध भएको थियो र सरकारले बाध्य भएर यो निर्णय फिर्ता लिनु परेको थियो ।

अहिलेको सरकारले भने घरायसी उपभोक्तालाई मासिक एक सिलिन्डर अनुदानमा दिने व्यवस्थासहित कार्यविधि पनि तयार गरि सकेको छ ।

 सरकारले केहि समय पछि घरायसी प्रयोगमा ल्याउने ग्यास सिलिन्डर मा  अनुदान दिने र ब्यबसायिक प्रयोजनमा ल्याउने  सिलिण्डरको भने मूल्य बढाउने सोच बनेको छ ।

आयल निगमका अनुसार बजारमा घरायसी प्रयोजनका लागि ६० प्रतिशत र व्यावसायिक प्रयोजनका लागि ४० प्रतिशत ग्याँसको खपत हुने गर्दछ ।

0 comments:

Post a Comment