एक लाखको लागि आफ्नै छोरीको हत्या

By
Advertisement
सप्तरीमा एक बाबुले एक लाख दिनु पर्ने भएपछि आफ्नै छोरीको हत्या गरेका छन् ।

गाउ पंचायतले छोरीलाई एक लाख दिनु भन्ने निर्णय सुनाएपछि पैसा दिनुपर्ने भयो भन्दै बाबुले १० हजार खर्च गरेर आफ्नै छोरीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले सुक्रबार पत्रकार सम्मेलन गरि हत्याका मुख्य योजनाकार सप्तरी बथनाहा–७ का ५० वर्षीय चन्द्र राउत र सप्तरीकै ४५ वर्षीय मोहन साहलाई सार्बजनिक गरेको छ । हत्यामा संलग्न अन्य २ भारतीय भने फरार छन् ।


गत जेठ ७ गते प्रहरीले एक १७ वर्षीय किशोरकिो शब सप्तरी कोइलाडी बर्साइन–९ स्थित बच्चा साहको फुलबारीमा घाटीमा धारीलो हतियार प्रयोग गर्नुका साथै अनुहार पूर्ण रूपमा जलेको अवस्थामा किशोरीको शब फेला परेको थियो ।

शव फेला परेको २ दिन पछि मात्र प्रहरीले उक्त शव चन्द्र राउतको छोरीको भएको पत्ता लगाएको थियो ।

आफ्नो छोरी बेपत्ता हुदा पनि सोधी खोजि नगरेको भन्दै प्रहरीले हत्यामा बाबुकै संलग्नता हुन् सक्ने भन्दै उनलाई पक्राउ गरेको थियो । पक्राउ पछि सुरुमा उनले आफुलाई थाहा नभएको बताए पनि पहरीको दबाब पछि उनले हत्याको रहस्य खोलेका थिए ।


राउतका १७ बर्षीय छोरी रुवी कुमारी राउत र सोही गाविस बस्ने सत्य नारायण साहको १८ वर्षीय छोरा अरूण कुमार साह प्रेम सम्बन्ध पछि गत जेठ १ मा भागेर भारतको दिल्ली गएका थिए ।

सोहि बिषयलाई लिएर बसेको गाउ पंचायतले केटा पक्षको दोष देखाउदै दुबैलाई दिल्लीबाट झिकाई छोडपत्र गराउने र केटा पक्षले क्षतिपूर्ति स्वरूप ५० हजार रुपैया तिर्नुपर्ने तर छोडपत्र पछि केटीको अर्कै केटा संग बिबाह गर्नुपर्ने, नगरे केटा पक्षलाई १ लाख जरिवाना तिर्नु पर्ने निर्णय गरेको थियो | आजको राजधानीमा खबर छ |

0 comments:

Post a Comment