
कुटपिट पछि ज्यान जोगाउन उनीहरु इच्छन प्रहरी कार्यालय पुगेका हुन् |
उनीहरु तिन महिना अघि रोजगारीको शिलशिलामा ईपीएसमार्फत ख्यङगीदो इच्छनस्थित मिरे कन्सल्ट नामक कम्पनीमा काम गर्न आएका थिए |
उक्त कम्पनीका ब्यबस्थापक फेले कोरियन भाषा राम्रोसंग नजानेको भन्दै पटक पटक कुटपिट गरेपछि ज्यान जोगाउन उनीहरुको प्रहरीको शरणमा पुगेका थिए |
कुटिनेमा गुल्मीका विक्रम जोशी, धरानका रामकुमार राई र पोखराका मोहन अधिकारी रहेको कान्तिपुरमा खबर छ |
कोरियामा भाषा नजानेको भन्दै कुटिने प्रबसिको संख्या बढ्दै गएको छ |
आल्मुनियमको फ्याल-ढोका बनाउने उक्त कम्पनीमा गए देखि नै कुटपिट गरेको पीडितले बताएका छन् | चार नेपाली , कम्बोडियाली, चिनियाँसहित ११ जना प्रबासी काम गर्ने उक्त कम्पनीका मालिक रु जङ हयन र व्यवस्थापक फेसँग प्रहरीले बयान लिएको छ |
बयानमा कम्पनीको मालिकले ब्यबस्थापन बाट गल्ति भएको स्वीकार गरि आत्मालोचना गर्दै पीडित कामदारसमक्ष माफी मागेका छन् | 'मेरो व्यवस्थापकबाट भएको गल्तीप्रति म दुःखी छु, पीडितहरूको चाहना के छ त्योअनुसार गर्न तयार छु ।' मालिक रुले भने |
त्यहाका प्रहरी कार्यालयका अधिकृत सीन ग्यङ छलले नेपाली कामदारले चाहे आफुले कम्पनि बिरुद्ध मुद्दा दर्ता गर्न पनि सहयोग गर्ने बताएका थिए | उनले पिडितको स्वास्थ्य परीक्षण गर्नु पर्ने भने पनि कम्पनीले मेडिकल कार्ड उपलब्ध नगराएकोले स्वास्थ्य परिक्षणमा बाधा परेको पिडित बताउछन |
Link: 3-Nepalese-were-beaten-in-south-Korea
0 comments:
Post a Comment