
१५ बर्षीय उक्त किशोरीको बलात्कार बैशाख ५ गते नै भए पनि प्रहरीले सार्वजनिक गर्न नचाहेकाले ढिलो मात्र थाहा भएको हो |
बैशाख ५ गते साँझ सिमरिया गाविसकी १५ बर्षीय ती किशोरी पचिरा गाविसमा लागेको मेला हेरेर फर्कदै थिइन् |
बाटोमा सोहि ठाउका ३५ वर्षीय दिलीप चौधरीले पचिरास्थित बाँसघारीनजिक खेतमा लागि हातखुट्टा बाँधेर रातभरी बलात्कार गरेका थिए |
रातभरीको बलात्कार पछि किशोरी बेहोस भएकी थिइन् र बेहोस भएपछि चौधरी किशोरीलाई त्यहि छाडी भागेका थिए | स्थानीय बस्हिले बिहानै बेहोस अबस्थामा किशोरीलाई देखेपछि परिवारलाई खबर गरेका थिए |
परिवारले बैशाख ६ गते नै प्रहरीमा जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेको कान्तिपुरमा खबर छ | किशोरीको कोशी अञ्चल अस्पतालमा उपचार गरिएको थियो | उपचार पछी आइतबार किशोरी घर फर्किएकी छिन् |
link: 15-years-girl-in-sunsari
0 comments:
Post a Comment