नेपाल भरि घरघरमै कन्डम उपलब्ध हुने

By
Advertisement
तपाइलाई कन्डम किन्न जान लाज लाग्छ ? अब चिन्ता लिनु नपर्ने भएको छ | नेपाल भरि जुनसुकै स्थानमा बसोबास गर्ने भए पनि तपाइको घरमै आइपुग्छ तपाइको रोजेको कन्डम |

नारायणगढमा रहेको चितवन कन्डम हाउसले सुरक्षित यौन सम्पर्कको लागि भन्दै कुरियर मार्फत नेपाल भरि पठाउने अभियान सुरु गरेको छ |



नेपाल भरि जहाँ बसेपछि फोन मार्फत अर्डर गरि बैंक खातामा पैसा जम्मा गरिसकेपछि तपाइको घरमै कन्डम आइपुग्छ | फोन सर्म्पर्क गरेर बैंक मा पैसा जम्मा गरेपछि कन्डम मात्र नभई सेक्स टोय (यौन खेलौना) पनि सुरक्षित कुरियर मार्फत तपाइको घरमा आइपुग्ने छ |

कन्डम र यसको प्रयोगको बारेमा जानकारी हुदा हुदै पनि लाज र संकोचले गर्दा कन्डमको प्रयोग बिना यौनसम्पर्क गर्ने गर्दा विभिन्न यौन रोग लाग्ने खतरा बढेकोले कन्डमको प्रयोग गरुन र यस्ता तोग्बाता बचुं भन्ने उदेश्यले यो अभियानको थालनी गरिएको हो |

तत्काल यो कन्डम हाउसले बुटवल र नेपालगन्जमा कुरियरमार्फत कन्डम पठाउने गरेको छ छ | 'सुरक्षित यौन सम्पर्कका लागि हामीले बैंक ब्यालेन्स गर्नेलाई कुरियरमार्फत कन्डम र सेक्स टोय पठाउन सुरु गरेका छौं,' कन्डम हाउसका सञ्चालक तुलसी रिमालले भने, 'अभियान सुरु भएको धेरै नभए पनि प्रभावकारी बनेको छ ।'


तिन बर्ष अघि संचालनमा आएको यो कन्डम हाउसमा १५ वर्ष देखि ७८ बर्षका मानिसहरु आउने गरेका छन् | यहाँ कन्डम र सेक्स टोय गरि मासिक करिब एक लाख भन्दै बढीको बिक्रि हुने गर्दछ |

यो हाउसमा ५ रुपैया देखि ८ सय मूल्यका कन्डम अनि २ हजारदेखि १७ हजार मूल्यसम्मका सेक्स टोयका सामानहरु उपलब्ध छन् |


Link: condom-delivery-within-Nepal

0 comments:

Post a Comment