
टेलिकमले आफ्नो वेबसाइटमा नया सेक्सन तयार गरि यसरि अनलाइन रिचार्जको सेवा सुरु गरेको हो |
अनलाइन रिचार्ज गर्नको लागि अनलाइन रिचार्ज सेवाको सेक्सनमा गएर मोबाइल नम्बर र रिचार्ज कार्डको पिन नम्बर राख्नु पर्ने हुन्छ | त्यसपछि त्यहाँ तल रहेको क्याप्चा हालेर रिचार्ज बटनमा क्लिक गर्नु पर्ने हुन्छ | एक छिन पछि रिचार्ज सफल भएको म्यासेज आउछ |

टेलिकमले हाललाई टेलिकमको सीडीएमए तथा आइपीसीडीएमएमा मात्र रिचार्ज गर्न सकिन्छ | टेलिकमले यो सुबिधा बिस्तारै टेलिकमका सबै सेवाहरुमा लागु गर्ने जनाएको छ |
तर यो सेवा उपभोग गर्नको लागि पशलमा गएर टेलिकमको रु १०० भन्दा माथिको रिचार्ज कार्ड किन्नु पर्ने हुन्छ | सीडीएमएमा रु २०० भन्दा माथिको मात्र रिचार्ज पाइन्छ |
टेलिकमले तयार गरेको अनलाइन रिचार्ज सेक्सनमा जान यहाँ क्लिक गर्नुहोस |
Link: Nepal-Telecom-started-web-recharge
0 comments:
Post a Comment