
नेपालको इतिहासमै पहिलो पटक केटा र केटा बिचको सेक्सलाइ आधार बनाएर बनाइएको चलचित्र लभ यु म्यान मङ्सिर २२ गते बाट प्रदर्शनमा आउने भनेको छ |
अनलाइन खबर बाट सार्बजनिक गरिएको प्रोमोमा मङ्सिर १ गते भनिए पनि यो मङ्सिर २२ गते बाट प्रदर्शनमा आउने भएको हो |
सामान्यतया चलचित्रमा केटा र केटीको किस र बेडसिनको चर्चा हुन्थ्यो भने यस फिल्ममा भने केटा र केटाको नै किस अनि बेड सिनको चर्चा भैरहेको छ |
अनलाइन खबरका अनुसार यस चलचित्रमा राज आर्यन र सुरेश चौधरीले लिप्स किस देखि बेड सिनका दृश्य समेत दिएका छन् । नायक राज आर्यनले सुरेशसँग चुम्बन र बेड सिन दिदा आपुलाई निक्कै अप्ठ्यारो महसुस भएको,लिप्स किस दिदा बान्ता समेत भएको र सुटिंग सकेर धेरै दिन सम्म पनि आफुलाई समलिंगीको जस्तै लागेको कुरा बताएका थिए |
राज आर्यन र सुरेश चौधरीको रोमान्स देखाउने चलचित्र ‘लभ यू म्यान’को निर्देशन भने बिपी फुयाँलले गरेका हुन् |
Love u Man को प्रोमो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments:
Post a Comment