प्रधानमन्त्रीले आज राजिनामा दिने ??

By
Advertisement

प्रधानमन्त्री बाबुराम भट्टराईले आज राजिनामा दिने खबरले यतिबेला निक्कै ठुलै चर्चा पाएको छ |

आज बिहीबार बिहान बसेको एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्रीको राजीनामाको बिषयमा छलफल भएको खबर प्रकासमा आएको छ |


अर्थमन्त्री समेत रहनु भएका माओबादी नेता बर्षमान पुन "अनन्त"ले बैठक पछि माओबादीले ठुलो दलको हैसियतमा सहमतिको बाताबरण बनाउनको लागि आजै कुनै गम्भीर कदम चाल्न सक्ने बताउदै प्रधानमन्त्रीको राजिनामाको संकेत दिनु भएको हो |

अहिले राजनीतिक निकासको लागि माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भैरहेको छ भने आज दिउसो २ बजे मन्त्रिपरिषदको बैठक बस्ने तयारी पनि भएको छ |

२०६५ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकारमा अर्थमन्त्री रहनुभएका बाबुराम भट्टराइ नेपालको ३५ औँ प्रधानमन्त्रीको रुपमा २०६८ भदौ ११ गते प्रधानमन्त्री हुनु भएको थियो |

0 comments:

Post a Comment