कम्प्युटरमा काम गर्न कसरी बस्ने ?? भिडियो सहित

By
Advertisement
कम्प्युटर, हाम्रो दैनिकी नै भैसकेको छ | Facebook मा हामी घन्टौ बिताउने गर्छौं | एकै ठाउमा घन्टौ बसेर काम गर्नु पर्ने हुन्छ | यसो गर्दा हाम्रो स्वास्थ्यमा बिभिन्न समस्या आउन सक्छ |ढाड दुख्ने समस्या देखि अन्य अनेकौ समस्या हरु आइ पर्छन |

आज हामी तपाईलाई कम्प्युटर मा बस्दा दिने पर्ने केहि कुराहरुको बारेमा जानकारी दिदै छौँ |

कम्प्युटर मा बस्ने कार्य शैली कस्तो हुनु पर्दछ त ?
- कम्प्युटर मा काम गर्दा बस्ने कुर्सि कस्तो छ भन्न कुरामा ध्यान दिनु पर्छ | बस्न अप्ठ्यारो हुने हुनु हुन्न |

- कम्प्युटर राख्न बनाइएको टेबल को नै प्रयोग गर्नु पर्दछ |

- कि बोर्डको उचाई टाइप गर्न सजिलो हुने गरि हुनु पर्दछ

- कम्प्युटर चलाउदा शरीरको माथिल्लो भाग (ढाड) सिधा राख्ने गर्नु पर्दछ |

- सके सम्म मनिटर आखाको सिधा पर्ने उचाइमा राख्नु पर्दछ |

- लगातार कम्प्युटर मा हेरिरहदा आँखा लाई असर पर्दछ | त्यसैले केहि बेर कम्प्युटर बाट आँखा हटाई यता उता हेर्ने गर्नु पर्दछ |

- सकेसम्म दिनभरी कम्प्युटरमा हेर्ने हरुले १-१ घण्टामा चिसो पानीले आँखा धुने गर्नु पर्दछ |

- धेरै बेर कुर्सीमा बसिरहदा ढाड दुख्ने समस्या हुन जान्छ त्यसैले केहि समय उठेर बाहिर तिर बस्नु पर्दछ, हिन्दुल गर्ने गर्नु पर्दछ |
- कम्प्युटरमा काम गर्ने व्यक्तिले नियमित रुपमा व्यायाम गर्ने गर्नु पर्दछ |

-मेडिटेसन र योग पनि धेरै कम्प्युटरमा बस्नेहरुको लागि निक्कै लाभदायक हुन्छ |