
गत बुधबार देखि ५० हजार ४ सयमा कारोबार भैरहेको सुनको मूल्य सोमबार भने रु ५००ले बढेको नेपाल सुन चांदी व्याबसायी महासंघले जनाएको छ ।
डलरको चर्को विनिमय दर र सुनको भाउमा अन्तर्राष्ट्रिय स्तरमै वृद्धि भएकोले नेपालमा पनि सुनको मूल्य बढेको महासंघले जनाएको छ । आज नेपाली बजारमा सुन प्रतितोला ५० हजार ९ सयमा कारोबार भैरहेको छ ।
उता अन्तराष्ट्रिय बजारमा भने आज सोंको मूल्य प्रति औँस १२ सय ९० डलर छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाले बढेर प्रतितोला ८ सय ३५ मा कारोबार भैरहेको महासंघले जनाएको छ ।