कस्तो भाग्य रैछ यी बालकको, जन्म दिने आमा देखि कर्म दिन्छु भन्ने सबैले छोडे

By
Advertisement
गत जेष्ठ ७ गते आफ्नै आमाले जंगलको बीच झाडीमा छाडेको बालक भिष्म पौडेल लाइ पाल्छु भनेर लिएका संरक्षकले पछि छाडेका छन् ।

जन्म दिने आमाले जंगलमा छाडिन , बाबुले अस्पतालमा छाडे, अब राम्ररी पाल्छु भन्दै लागि संरक्षक बनेका दम्पत्तिले पनि छाडेका छन् ।
१३ महिना अघि नवलपरासीको गैडाकोट-३ मा जन्मिएका यी बालकलाइ आफ्नै आमाले जंगलमा छाडेकी थिइन् । आफ्नो प्रेमीलाई भेट्न जान र प्रेमी संगै बस्नको लागि ११ महिनाको बालकलाइ आमा ( के आमा भन्नु र खै यस्तालाई ) मिना पौडेल ले जंगलको बिचमा झाडीमा छाडेकी थिइन् र प्रहरीले २० घण्टा पछी बालकको उद्दार गरि पोखराको मणिपाल अस्पताल लागेको थियो ।

अस्पतालमा उपचार गराउदै गर्दा बाबुले पनि छाडे पछी अलपत्र परेका यी बालकलाई पर्बत प्रहरीको जिम्मा लगाइयो । प्रहरीको रेखदेख र हेरचाहमा रहेको खबर मिडियामा आएपछि यी बच्चालाई लिन भने धेरैले इच्छा देखाए अनि आर्थिक हिसाबले सम्पन्न कलंकी बस्ने एक निःसन्तान दम्पतिले गत साउन ३ गते हस्तान्तरण गरियो ।

बालक भिष्मलाइ सन्तानको रुपमा पाएका ती दम्पत्ति सुरुमा त निक्कै खुसि देखिए तर उनीहरुको खुसि धेरै समय टिकेन । जब उनीहरुले थाहा पाए कि बच्चालाई ब्रेनह्यामरेज भएको छ भन्ने कुरा, त्यस पछि उनीहरु लागे बच्चा फिर्ता गर्न ।

ब्रेनह्यामरेजका कारण सुस्तमनस्थिति भएकोले अपाङ्ग बच्चालाई पालना नसक्ने बताउदै दम्पत्तिले फिर्ता लागेको समाचारमा उल्लेख छ । बालकलाई दम्पत्तिले फिर्ता गरेपछि शनिबार बालबालिकाहरुको संरक्षण गर्दै आइरहेको हाम्रो बालसंसार धरोहर नेपाललाइ हस्तान्तरण गरिएको छ ।