बागमती सभ्यता बचाउ अभियानमा सक्रिय नायक राजेश हमाल र सहरी विकास मन्त्रालयका सचिव किशोर थापा शनिबार र्याफ्टिङका क्रममा शनिबार बागमती नदीमा खसेका हुन् ।
बागमती सफाइ अभियान–२०७० अन्तर्गत जनचेतना जगाउने उद्देश्यले शनिबार आयोजना गरिएको याफ्टिङमा गुहेश्वरीमाथि गोठाटारस्थित बागमती पुलबाट तिलगङ्गाका लागि छुटेको डुङ्गा गुहेश्वरी र पशुपति मन्दिर क्षेत्रबीचको खोँचमा पुगेपछि ठोक्किंदा नायक हमाल र सचिब थापा डुङ्गाबाट चिप्लिएर नदीमा खसेका थिए ।
नायक हमाल र सचिब थापा रहेको उक्त डुंगामा पर्यटन मन्त्री रामकुमार श्रेष्ठ, मुख्य सचिव लीलामणि पौडेल, नेपाल र्याफ्टिङ एसोसिएसनका मेघ आले पनि सबार थिए ।

दुइ डुंगा ठोकिदा हमाल र थापा सबार उक्त डुंगाको अघिल्लो भाग उचालिएपछि पछाडी बसेका थापा र हमाल बागमतिमा खसेका थिए । पौडन जान्ने मुख्य सचिब थापा भने पौडेर आर्यघाट नजिकै उत्रेका थिए भने नायक हमाललाइ भने सोहि डुंगामा रहेका अन्य तिन जनाले तानेर उद्दार गरेका थिए ।
उक्त घटना कोहि कसैलाई चोटपटक भने लागेको छैन । घटना पछि नायक हमाल भने बागमती सफाइ अभियानको सिलसिलामा तीलगङ्गामा आयोजना गरिएको औपचारिक समारोहमा सामेल नभएको र सचिब थापा मात्र सहभागी भएको समाचार एजेन्सी राससले जनाएको छ ।
पानीको तीब्र बहाव, डुङ्गा ठोकिन गएको र यात्रुको बसाइँको सन्तुलन नमिलेका कारण डुङ्गा ढल्कन गई दुवै जना नदीमा खसेको अनुमान गरिएको छ ।
नेपाल र्याफ्टिङ एसोसिएसनको आयोजनामा भएको उक्त कार्यक्रममा १२ वटा डुंगा प्रयोग गरिएको थियो ।