
आइतबार सुनको मूल्य १२ सय ५० रुपैयाले बढेर ५३ हजार 3 सय पुगेको थियो । सोमबार पनि सोहि मुल्यमा कारोबार भएको सुन मंगलबार भने प्रति तोलामा ५ सय रुपैया घटेको छ ।
त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय नै घटेर प्रति तोला ५२ हजार ५ सय ५० रुपैयामा कारोबार भैरहेको छ ।
चाँदीको भाउ भने सोमबारको तुलनामा मंगलबार तोलामा १० रुपैयाँ घटेर प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।