आज बिहिबार छापावाल सुन प्रति दशग्राम अर्थात् १ तोलाको ५३ हजार ४८ रुपैयामा कारोबार भएको छ ।
हिजो बुधबार ५३ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार भने ८ सय ५२ ले कमि आइ प्रतितोला ५३ हजार ४८मा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य भने तोलाको ५२ हजार ७ सय ९८ रुपैया तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चादी भने प्रति तोला ८ सय ३० मा कारोबार भएको थियो । यो मूल्य हिजोको भन्दा १० रुपैयाले कम हो ।
