हङकङमा डु नाम गरेका एक व्यक्तिले घरमा सामसुङको चर्चित स्मार्ट फोन ग्यालेक्सी एस फोरमा गेम खेलिरहदा उक्त स्मार्ट फोन पड्किएको थियो ।
चीनको एक वेबसाइट Xianguo.comमा जनाईए अनुसार Love Mechine भन्ने गेम खेल्दा खेल्दै फोनको ब्याट्रीबाट आगोको झिल्का निस्केपछि उनले उक्त फोनलाई फालेका थिए ।
फालेको फोन सोफामा परेको र त्यहि बाट आगलागी सुरु भएको वेबसाइटमा जनाइएको छ ।

आफुले सामसुङ ग्यालेक्सी एक महिना अघि मात्र किनेको र कुनै पनि सस्तो सामानको प्रयोग नगरेको र जेन्युन सामानको प्रयोग गरेको डु ले बताएका छन् ।
आगलागी पछि आएको अग्नि नियन्त्रक ले आधा घन्टाको अथक प्रयास पछि मात्र आगलागी नियन्त्रणमा लिन सकेको थियो ।
घटनामा डु र उनका श्रीमती अनि एक कुकुर भने सुरक्षित रहन सफल भएको वेबसाइटमा जनाइएको छ ।
यो घटना पछि सामसुङको हङकङस्थित कार्यालयले यस सम्बधि छानबिन गरिरहेको बताएको छ ।


केहि समय अघि आइफोन ५ बाट करेन्ट लगेर एक चिनिया एयर होस्टेजको मृत्यु भएको समाचार प्रकाशित भएको थियो
Samsung Galaxy S4 explosion burns down a house in HongKong