अचम्मित पार्ने गरि आकासियो सुनको भाउ

By
Advertisement
सुनको भाउ एक्कासी बढेपछि ब्यापारी अनि ग्राहक दुवै अचम्मित बनेका छन् । मंगलबार भन्दा बुधबार सुनको मूल्य १३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य प्रति तोला ५३ हजार ९ सय पुगेको छ ।


सुन व्यवसायी तेजरत्न शाक्य अनुसार डलरको भाउ बढेकोले सुनको भाउ यसरी आकासिएको हो । अन्तराष्ट्रिय बजारमा सुनको भाउ नबढे पनि डलरको तुलनामा भारतीय रुपैया निक्कै नै कमजोर भएपछि सुनको भाउ आकाशिएको हो ।

भारतीय रुपैया र नेपाली रुपैयाको विनिमय दर स्थिर( निश्चित) भएको हुनाले डलर संग भारतीय रुपैया कमजोर हुँदा नेपाली रुपैया पनि डलर संग कमजोर हुन जान्छ ।

डलर खर्चेर सुन किन्नु पर्ने भएकोले डलरको भाउ बढ्दा सुनको भाउमा असर परेको हो । तर चादीको भाउ भने तोलामा १५ रुपैयाले मात्र बढेको छ । आज चांदी प्रति तोला ८ सय ४० मा कारोबार भैरहेको छ ।