दाइजो नपाउदा बिहे रद्द गर्नेलाई जरिवाना

By
Advertisement

दाइजो नपाउदा बिहे नै नगर्ने भन्दै बिहे रद्द गर्ने केटाले जरिवाना तिर्नु परेको छ |

लमजुङको चण्डीस्थान ३ मा दाईजोमा मोटरसाइकल नपाए बिहे नै नगर्ने भने माइती पक्षले बेहुलालाई छोरी दिन अस्वीकार गरेका छन् ।

लमजुङ चिती ६ कार्कीडाँडाका दीपेन्द्र सिलवालले मोटरसाइकल नपाएको भन्दै गत सनिबार बिहे रद्द गरेका थिए |

बिहे रद्द भएपछि केटा पक्षलाइ जरिवाना पनि तिराइएको छ |

केटिका बाबुले भने दाइजो सामाजिक कलंक भएकोले मोटरसाइकल नदिने बताएको छन् |

दाइजो मागेर नपाएपछि बिहे रद्द गरेको भन्दै आमा समुहले केटा पक्षलाइ हजार जरिवाना समेत गरेको छ | आमा समुहले उक्त जरिवाना रकम सामाजिक कार्यमा लगाउने निर्णय पनि गरेको छ |

marriage-cancel-after-not-giving-motorbike-as-Dowry

0 comments:

Post a Comment