
बिहिबारको भन्दा शुक्रबार सुनको मूल्य १ हजार ३ सयले बढेको छ । बिहिबार प्रतितोला ५४ हजार ५ सय रहेको सुनको मूल्य शुक्रबार बढेर ५५ हजार ८ सय ५० पुगेको छ ।
अन्तराष्ट्रिय बजारमै सुनको मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढेको ब्यबसायी बताउछन । यो संगै यस हप्ता सुनको मूल्य २७ सय ५० ले बढेको छ ।
अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बिहीबारको तुलनामा शुक्रबार २६ डलरले बढी प्रति औँस १३ सय ६६ दशमलब ७१ डलर पुगेको छ ।
चाँदीको भाउ भने यो हप्ता ९५ रुपैयाले बढेको छ । आइबार प्रतितोला ८ सय ६५ रहेको चांदीको मूल्य शुक्रबार भने ९ सय ६० पुगेको छ ।