सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा बिरोध गरिरहेका विपक्षी दलसम्वद्ध युवा तथा विद्यार्थी संगठनहरुले भोलि गर्ने भनेको बन्द पार्ट टाइममात्रै गर्ने भएका छन् |भोलिको बन्द बिहान ६ बजे देखि दिउसो १२ बजे सम्म मात्र हुने भएको छ |
आज मंगलबार साँझ बसेको विद्यार्थीहरुको बैठकले बिहान ६ बजे देखि दिउसो १२ बजे सम्म मात्र बन्द गर्ने निर्णय भएको नेवि संघका युपी लामिछानेले जानकारी दिएका छन् |
यस अघि भाद्र २४ गते गर्ने भनिएको उपत्यका बन्द स्थगित गरि भाद्र २७ गते नेपाल बन्द गर्ने निर्णय भएको थियो |

0 comments:
Post a Comment