बिद्यार्थीलाइ यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ

By
Advertisement
चितवनको माडीका शिक्षकले आफ्नै बिद्यार्थीलाई यौन दुर्ब्यबहार गर्ने गरेको खुलाशा भएको छ |

 जगन्नाथपुरी निमाविका देवराज साँछी र शिव आचार्य मिलेर दुइ छात्रालाई पुस्तकालयमा लागि यौन दुव्यबहार गर्दै आएका थिए |

आफुहरुले भनेको नमाने परिक्षामा फेल गराइदिने धम्कि दिदै दुर्ब्यबहार गरेपछि ती दुइ छात्राले बिष सेवन गरि आत्महत्याको प्रयास गरेपछि परिवारले थाहा पाई प्रहरीमा उजुरी गरेका थिए |

उजुरी पछि प्रहरीले दुवै शिक्षकलाइ नियन्त्रणमा लिइ सकेको छ | यौन दुर्ब्यबहार गर्न खोज्ने दुवै शिक्षकलाइ स्थानीय बासिले सोमबार कुटपिट गरि प्रहरीलाई बुझाएका थिए |

दुवै शिक्षकलाई मुलुकी ऐनको जबर्जस्तीकरणी महल अन्तर्गत मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अघि बढाइएको छ |


0 comments:

Post a Comment