
सन् २०१० बाट बेलायतमा आयोजना गर्न थालिएको मिस युके नेपाल को २०१२ को उपाधि दुर्गा गुरुङ ले जितेकी छिन | आइतबार साँझ फार्नबोरोमा आयोजना गरिएको अन्तिम प्रतिस्पर्धामा २० बर्षीय दुर्गा गुरुङले उक्त उपाधि हात परेकी हुन् |
बाबु आमा संगै बेलायत बस्ने दुर्गा बिजनेस एडमिनिस्ट्रेसन पढ्दै छिन |
मिस नेपाल युके २०१२को उपादी संग उनले ८ सय पाउण्ड नगद पनि हात परेकी छिन | उपाधि जितेपछि आफु बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्ने बताएकी थिइन |
उक्त प्रतियोगिता मा फष्ट रनरअप र सेकेन्ड रनरअप क्रमस: पारिका आले र नयन गुरुङ भएका थिए र ५ सय र तिन सय पाउण्ड पाएका थिए |
मिस बेस्ट फिगरको उपाधि दुर्गाले नै जितिन भने मिस ट्यालेन्टको उपाधि परिका आलेले , मिस पब्लिक च्वाईस रोजी ओली, मिस क्याटवाक टिना पुर्जा र मिस पर्सनालिटीको उपाधि नयना गुरुङलले जितेका छन् |

0 comments:
Post a Comment