फेसबुकको समुहमा नेपालीहरुलाई ठोक्नु पर्छ भनेर कमेन्ट लेख्ने एक बेलायतीलाई त्यहाको अदालतले दोषी ठहर गर्दै सजाय दिने भएको छ | उनले गत जुलाई २३ मा फेसबुकको समुहमा त्यस्तो कमेन्ट लेखेका थिए | कमेन्ट लेखेको भोलि पल्ट नै उनलाई जातिप्रति घृणा फैलाउने हिंसा उक्साउने प्रतिक्रिया लेखेको भन्ने आरोपमा नियन्त्रणमा लिइएको थियो |
एल्डरसटस्थित ब्राइस गार्डेन्स निवासी काइल सिमन म्याक्लभोरले रसमोर फेसबुक ग्रुपमा नेपालीहरुलाई पिट्न आग्रह गर्दै 'हामीले नेपालीहरुलाई ठोक्न ब्रिगेड सुरु गर्नु परेको छ' भनि कमेन्ट लेखेका थिए | गत बिहीबार अदालतले उनलाई दोषी ठहर गरि अदालतले उनलाई ३५ पाउँदा जरिवाना गरेको छ |
२० बर्षका रिसले आँखा नदेखेको बेलामा आफुले त्यस्तो कमेन्ट लेखेको र अहिले पछुतो लागीरहेको प्रहरीसंग बताएका थिए |

0 comments:
Post a Comment