
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य रोकिए पछि बिमानस्थल बनाउन दबाब दिने उदेश्यले पोखरेलीहरुले आन्दोलन सुरु गरेका थिए |
त्यसै कार्यक्रम अन्तर्गत आज बिहीबारबाट रिले अनसन सुरु भएको छ | कार्यक्रम अन्तर्गत पोखरा बिमानस्थल अगाडी आज बिहान १० बजे बाट रिले अनसन सुरु भएको छ |
आज पोखरा बन्द, पोखरेलीले बिशाल प्रदर्शन गर्नेत्यस्तै आज बिहीबारका सबै उडान पनि रद्द गरिएको छ | क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेली अभियानको सर्मथनमा बिमान कम्पनीले पनि सबै टिकट फिर्ता लिएका छन् |
यस अघि मंगलबार पोखरेलीहरु राजधानीमा सिहदरबारमा धर्ना र प्रदर्शन गरेका थिए | अबको एक हप्ता सम्म पनि आफ्ना मागमा कुनै सुनुवाई नभए पोखरा बाट कुनै पनि उडान गर्न नदिने आन्दोलनरत पोखरेलीहरुले जनाएका छन |
पोखरेली बसे सिंहदरवार अगाडि धर्नाआजको उडान रद्द भए पछि यात्रुहरु बस मार्फत आफ्नो गन्तव्यमा लागेका छन् |

0 comments:
Post a Comment