पत्याउन गाह्रो होला भन्नु होला कि यो जादु होला भनेर | सिंगे सर्प निलेको कुरा तपाइहरुले जादुमा देख्नु भएकै होला | सर्पको टोकाईबाट मान्छे मरेको त हामीले धेरै नै सुनेका छौ र बिश्वास पनि गर्न सक्छौ तर मान्छेले टोकेर सर्प मर्यो भन्दा अचम्म नै लाग्न सक्छ |
घटना हो मोरङ बरडंगाको, बडंगा-३ कडेलीमा ५५ बर्षका मोहमद सल्मो मियाँको दायाँ गोडामा सर्पले टोके पछि रिसले उनले पनि सर्पलाई समातेर टोकेर मरेका हुन् |
आजको अन्नपुर्ण पोस्टका अनुसार " सेतो गोमनले टोकेपछि रिस उठ्यो ,‘त्यसपछि भागेको सर्पलाई पछ्याउँदै गएर समाती टोकेर मारें |लठ्ठीले एकदुई पटक हान्दा मरिहाल्थ्यो तर पालोको पैचो तिर्नको लागि दाँतले टोकेर मारें , मियाले भनेका छन् |
खेतमा पानी लगाउदै गर्दा मंगलबार साझ सर्पले टोकेपछि उनले टोकेर मारेको सर्प र उनलाई हेर्न मानिसहरुको भिड लागेको थियो | सर्प मारेपछि उपचारको लागि भन्दै उनि बरडंगा स्वास्थ्य चौकी पुगेका थिए | उनको स्वास्थ्य अवस्था भने राम्रो नै रहेको छ |

0 comments:
Post a Comment