
सामुदायिक उच्चमावि, सरकारी विश्व विद्यालय र पब्लिक क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि सरकारले ग्यास र मट्टीतेलमा छूट दिने तयारी गरेको छ |
यहि असोज १ गते देखि लागु हुने गरि बिद्यार्थीहरुलाई खाना पकाउने ग्यास र मट्टीतेलमा छुट दिन लागेको बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ |
सरकारी कलेजका बिद्यार्थीलाई ग्यासमा २५० रुपैया र मट्टीतेलमा १० रुपैया छुट दिने तयारी
खाना पकाउने ग्यासको हालको मूल्य प्रति सिलिन्डर रु १ हजार ४ सय ७० रुपैया रहेकोमा २५० रुपैया छुट गरि रु १ हजार २ सय २० रुपैया र मट्टीतेल प्रति लिटर रु ९७ रहेकोमा विद्यार्थीले भने प्रति लिटर १० रुपया छुट पाई प्रति लिटर रु ८७ मा नै पाउने भएका छन् |
यद्यपि निजि कलेजमा पढ्ने बिद्यार्थीहरुले भने यो छुट उपभोग गर्न पाउने छैनन् | विद्यार्थीले पाउने भनिएको छुट कसरि लागु हुने हो भन्ने बारे बाणिज्य बिभागले केहि पनि बताएको छैन |
यसै गरि मन्त्रालयले भोलिका लागि आह्वान गरिएको बन्द लगायत सम्पूर्ण बिरोधका कार्यक्रम तत्काल फिर्ता लिन पनि बिद्यार्थीहरुलाई आग्रह गरेको छ |

0 comments:
Post a Comment