काठमाडौँ, २६ भदौ । वयोवृद्ध नेता रामराजाप्रसाद सिंहको स्वास्थ्यस्थितिमा केही असहज देखिएकाले उहाँलाई आज बेलुकीदेखि सघन उपचार कक्षको भेन्टिलेटरमा राखी उपचार थालिएको उहाँको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।खुट्टा चलाउन अप्ठ्यारो हुने, ढाड दुख्ने, स्मरण शक्ति कमजोर हुनेलगायत उच्च रक्तचाप एवम् मिर्गाैलाको समस्या भएपछि उहाँ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत भदौ १७ गते उपचारका लागि भर्ना हुनुभएको हो ।
उहाँको उपचारमा चिकित्सक तथा नशारोग विशेषज्ञ डा केके वली र डा कनकबहादुर राउतको समूह संलग्न छ । नेता सिंहको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । रासस

0 comments:
Post a Comment