
भारतको अमृतसरका एक धनि व्यक्तिले आफुले पालेको ज्याक्स नामको कुकुरको बिहे गरिदिन लागेका हुन् । ज्याक्सको बिहे जेनिफर नामक कुकुर संग ११ सेप्टेम्बरमा एक पाँचतारे होटेलमा हुने तय भइ सकेको छ ।
यी कुकुरको बिहे मान्छेको भन्दा पनि भब्य हुने अनुमान लगाइएको छ । मानिसको जस्तै भब्य बिहे गर्ने भन्दै कुकुरका मालिकले इन्गेजमेन्ट र मेहन्दीको विधि सबै तयार परिसकेका छन् भने हनिमुनको लागि लन्डन लाग्ने पनि तयारी गरेका छन् ।
कुकुर मालिकको शोखमा हुन लागेको यस बिहेमा पाहुनाको रुपमा धेरै भिभिआइपी सहभागी हुने बताईएको छ । यस बिहेमा भोज पनि भव्य गर्ने तयारी भएको बताइएको छ ।
मालिकको शोखले कुकुरको भाग्य चम्कियो ।
एजेन्सीको सहयोगमा