बेलबारीमा सामुहिक बलात्कारको घटना सार्बजनिक

By
Advertisement
बलात्कारको उजुरी गरेको भन्दै कालोमोसो दली जुत्ताको माला लगाएको बेलबारीको घटना ताजै छ ।

फेरी पनि बेलबारीमै बलात्कारको अर्को घटना घटेको छ । मोरङ बेलबारी -९ को जंगलमा तिन केटाहरुले आइतबार राति एक युबतिको बलात्कार गरेका छन् ।

केराबारी–९ बस्ने एक युवतीलाई आइतबार राति साढे दस बजे जबर्जस्ति गरिरहेको अबस्थामा घटनास्थलमा प्रहरी पुगेको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीले प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमान्डमा खटिएको गस्ती टोलीले बलात्कार गरेको अबस्थामा नै एक अभियुक्तलाई प्रकाउ गरेको जनाएको छ ।

प्रहरीले घटनास्थलबाट पिडितको उद्दार गरेको छ भने अन्य २ अभियुक्तहरुको खोजि कार्य भैरहेको जनाएको छ । नागरिक न्यज डट कम मा जनाइए अनुसार पक्राउ पर्ने अभियुक्तमा बेलबारी–२ बस्ने २९ वर्षीय विजय मगर रहेका छन् ।