थापाले अहिलेको धरहराको दक्षिण–पश्चिमपट्टि रहेको भीमसेन निवास (जनरलवाग) परिसरमा निर्माण गरेको मुगल शैलीको पहिलो मिनार ११ तले थियो जुन नौ वर्षपछि १८९० को भूकम्पमा परेको थियो।
रानी ललितत्रिपुरासुन्दरीले अर्को मिनार बनाउन इच्छा गरेपछि भीमसेनले १८८२ मा फेरी अर्को दोस्रो "मिनार" बनेका थिए जुन अहिलेको धरहरा हो ।
पहिलो "मिनार" धरहरा भने भूकम्पको कारण भत्कियो र सम्भवत पुनर्निर्माण भएन र त्यतिकै हरायो तर दोस्रो मिनार- धरहरा भने १९९० सालमा आएको महाभूकम्पले भत्काइदिए पनि राणा प्रधानमन्त्री जुद्धशमशेरले नौ तलामा सीमित गरी बरण्डा निकालेर पुनर्निर्माण गराएका थिए ।
हेर्नुहोस कान्तिपुर टेलिभिजन बाट प्रसारित धरहरा सम्बन्धि यो रिपोर्ट जसबाट धरहराको बारेमा तपाइलाई धेरै कुरा थाहा हुनेछ
Link: Nepali-Twin-Tower a History: Darahara Existance History |