सुनको मुल्यमा भारि गिरावट

By
Advertisement
केहि दिन देखि निक्कै नै उतार चढाव भैरहेको सुनको मुल्य साताको अन्तिम दिन आज भने घटेको छ ।

आज सुनको मूल्य हिजोको तुलनामा १ हजारले कमि आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले साताको अन्तिम दिन आज छापावाल सुनको मूल्य प्रतितोला ५२ हजार ५० रुपैयाँ तोकिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार भन्दा शुक्रबार सुन प्रतिऔँस ३० अमेरिकी डलरले कमि भएकोले नेपाली बजारमा पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव माणिकरत्न शाक्यले बताउनु भयो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔँस एक हजार ३ सय १८ अमेरिकी डलर रहेकामा आज भने घटेर २८८ डलर प्रतिऔँस कायम भएको थियो ।

नेपाल सुन चाँदी महासंघले नेपाली बजारमा शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय तोकेको छ भने बिहिबार भने प्रतितोला ५२ हजार ८ सय मा कारोबार भएको थियो ।

त्यस्तै चाँदी भने तोलाको ८ सय २० मा कारोबार भएको छ जुन बिहिबारको मुल्यमा १० रुपैया कम हो ।