
काठमाडौ, मंसिर ७ - प्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहीबार राष्ट्रको नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
उनले बिहीबार साँझ ६ बजे सिंहदरवारबाट सम्बोधन गर्ने भएका हुन् । उनको यो सम्बोधन नेपाल टेलिभिजन बाट प्रत्यक्ष प्रसारण हुने खबर हामीलाई प्राप्त भएको छ |
आज मङ्सिर सात गते भएको र आजकै मितिमा यसअघि उनले घोषणा गरेको निर्वाचनको तिथी आज परेको अवसर पारेर उनले सम्बोधन गर्न लागेका छन् ।
उनले यस अघि निर्वाचनको घोषणा गरेको हुनाले आज उनले सम्बोधन गर्न लागेका हुन् | स्रोतका अनुसार उनले राष्ट्रिय सहमति गरेर आगामी बैशाखमा हुने निर्बाचनको लागि आबश्यक बाताबरण तयार गर्न सबैलाई आफ्नो सम्बोधन बाट आग्रह गर्नेछन् |
प्रधानमन्त्रीले सम्बोधन गर्नु अघि सत्तामै रहेको माओबादी पार्टी र मधेसी मोर्चाको बैठक बसेको छ भने २ बजे देखि संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्ने भनिएको छ भने ४ बजे मन्त्रिपरिषद को पनि बैठक बोलाइएको छ |
0 comments:
Post a Comment