झुन्डिरहेको अवस्थामा शव फेला

By
Advertisement

गौशाला, ७ मङ्सिर । महोत्तरीको रामगोपालपुर गाविस–४ मा आज बिहान झुन्डिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

रामगोपालपुर–४ बस्ने ३० वर्षीया नागेन्द्र मुखियाको शव उनकै दुई तले घरको दलिनमा झुन्डिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

परिवारजनका अनुसार गएराति अत्यधिक रक्सी सेवन गरी उनले परिवारजनसँग झैझगडा गरेका थिए । बाँसको भ¥याङ माथि नै तानेर ऊ एक्लै दुई तल्लामाथि सुतेको थियो ।

पाँच सन्तान, श्रीमती र आमासँगै बस्दै आएका मुखिया घरायसी विवादकै कारण झुन्डिएर मरेको हुनसक्ने प्रहरी नायब निरीक्षक दुर्गा गिरीले बताउनुभयो । रासस

0 comments:

Post a Comment