
नेपाली चलचित्रको इतिहासमा धेरै यस्ता सिनेमा हरु छन् जहाँ पुरुष र महिलाको आकर्षण , प्रेम र सेक्सको बारेमा चर्चा गरिएको छ |
पुरुष र पुरुष बिचको आकर्षण प्रेम र सेक्सको बारेमा चर्चा गरेर चलचित्र बनाइएको अहिले सम्म छैन नै होला |
तर निर्माता युबराज खत्रीले भने पुरुष र पुरुष बिचको आकर्षण, प्रेम र सेक्सको बारेमा एक चलचित्र निर्माण गरेका छन् | ‘लभ यु म्यान’ नाम दिइएको यो सिनेमा नेपाली सिनेमा जगतमै पहिलो पटक होला यसरि पुरुष र पुरुष बिचको आकर्षण देखाइएको छ |
अनलाइनखबर बाट प्रोमो सार्बजनिक भएको यो चलचित्र मङ्सिर १२ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ |
यस चलचित्रमा राज आर्यन, सुरेश चौधरी, प्रनिशा अधिकारी लगायतका कलाकारको अभिनय छ भने दुई नव नायक बीचको आकर्षण र सेक्स सम्बन्धलाई देखाइएको छ |
यसको प्रोमो भने यस्तो रहेको छ .....
0 comments:
Post a Comment