एसीसी ट्वान्टी-२० कपमा सिंगापुर संगको शानदार जित संगै सेमी फाइनलमा प्रवेश गरेको नेपालले सेमिफाइनलको खेल युएईसँग खेल्ने भएको छ | आइतबार बहराइनलाई ११४ रनले पराजित गरेसँगै युएई समूह 'बी'को विजेता बनेको थियो |नेपालले पनि आइतबार सिंगापुरलाई १२१ रनले पराजित गरी समूह 'ए'को उपविजेता बनी सेमिफाइलन प्रवेश गरेको थियो। मंगलबार दिउँसो सवा एक बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र युएईबीचको सेमिफाइनल खेलहुनेछ ।
मंगलबार बिहान समूह 'ए'को विजेता हङकङ र समूह 'बी'को उपविजेता अफगानिस्तानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।
Nepal-vs-UAE-on-Tuesday

0 comments:
Post a Comment