ट्वान्टी -ट्वान्टी विश्वकप क्रिकेट आजदेखी सुरु हुने

By
Advertisement
ट्वान्टी -ट्वान्टी विश्वकप क्रिकेटको चौंथो संस्करण आज मंगलबार देखि श्रीलंकाको कोलम्बोमा सुरु हुदै छ |

मंगलबार साझ श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे उद्घाटन गरेपछि सुरु हुने प्रतियोगितामा पहिलो प्रतियोगिता घरेलु टोली श्रीलंका र जिम्बाबे बिच खेल हुने भएको छ |

१२ राष्ट्रको सहभागिता भएको उक्त प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई ४ भागमा बिभाजित गरिएको छ |

समुह ए मा भारत, इंग्ल्याण्ड र अफगानिस्तान छन् भने समूह बि मा अस्ट्रेलिया, वेस्ट इन्डिज र आयरल्यान्ड छन् | त्यस्तै समूह सी मा आयोजक राष्ट्र श्रीलंका, दक्षिण अफ्रिका र जिम्बाबे छन् |

समूह डी मा पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेश रहेका छन् |हरेक दुई वर्षमा टि-ट्वान्टी विश्वकप प्रतियोगिता गर्दै आएको आइसीसीले यो वर्ष आयोजना गरेको प्रतियोगिता यो पटक श्रीलंकाको कोलम्बोमा हुने लागेको हो |

0 comments:

Post a Comment