
एप्पल संग बजार मा दह्रो प्रतिस्पर्धामा उत्रेको कोरियाली कम्पनि सामसुङले ग्यालेक्सी एस फोर बजारमा ल्याउने भएको छ |
कम्पनीका एक कार्यकारी अधिकारीले बताए अनुसार ग्यालेक्सी एस फोर स्मार्टफोन सन् २०१३ को फेब्रुअरी सम्ममा बजारमा ल्याउनको लागि कम्पनीले प्रयास गरिरहेको छ |
एक कोरियाली पत्रिका द कोरिया टाइम्ससंग कुरा गर्दै फेब्रुअरीमा बार्सिलोना हुन गइरहेको मोबाइल विश्व सम्मेलनमा सामसुङले यसको बारेमा घोषणा गर्ने र मार्च बाट बजारमा ल्याउने बताएका छन् |
ठुलो प्रतिस्पर्धीको रुपमा रहेको एप्पलले आइफोन-५ ल्याएपछि कोरियाली कम्पनि सामसुङको यो अबधारणा बाहिर आएको हो |
स्मरण रहोस आइफोनको अनलाइन अर्डर खोलिएकै २४ घण्टामा २० लाख भन्दा बढीको अर्डर आइसकेको एप्पल ले जनाएको थियो |
एप्पल संग प्रविधिको बारेमा मुद्दा चलिरहेको सामसुङले आइफोन भन्दा कत्तिको फरक बनाएर बजारमा पेश गर्छ त्यो त हेर्न बाकी नै छ |
सामसुङले यस्तो आउछ भनेर प्रस्ट नभने पनि केहि लिक भएका जानकारी अनुसार सामसुङको एस फोरमा एलटिई नेटवर्क सपोर्ट गर्ने, क्वाड कोर एक्सिनोस प्रोसेसर, एन्ड्रोइड ४.१ जेलीबिन अपरेटिङ सिस्टम र ५ इञ्चको एचडी एमोलेड डिस्प्ले हुनेछ ।
यो फोन मार्चमा आएपनि अहिले आएको आइफोन ५ लाइ पराजित गर्ने दाबी कम्पनीका अधिकारीले गरका छन् |
0 comments:
Post a Comment