
गत बर्षको 'ए' डिभिजनमा पाँचौ स्थानमा रहेको एनआरटीले आर्थिक कारण देखाउदै केहि समयको लागि 'ए' डिभिजनमा सहभागी नहुने जनाएको छ |
आज बसेको साधारणसभाले आर्थिक भार बोकेर फुटबल खेल्न नसक्ने निर्णय गरेको क्लबले जनाएको छ |
बि सं. २०६४ मा बलियो टोलि बनाउन भन्दै क्लबले हिमालयन बैंक संग १ करोड ४० लाख र व्यक्तिगत केहि ऋण लिएको थियो | तर त्यसको तिन बर्ष सम्म नेपालमा लिग भएन | अखिल नेपाल फुटबल संघ (एन्फा) बाट क्लबले कुनै क्षतिपूर्ती नपाए पछि क्लबलाई ठुलो आर्थिक भार परेको थियो |
अहिले क्लब एक करोड ७३ लाख रुपैयाँ पुगेको छ | धेरै ऋण भएकोले ऋण तिरी नसकुन्जेल सम्मको लागि बी डिभिजनमा रहेर खेल्ने र ऋण तिरी सकेपछि मात्र 'ए' डिभिजनमा खेल्ने निर्णय भएको एनआरटीको महासचिव विनय प्रधान बताउछन |
नेपालको सबैभन्दा पुरानो क्लबमा एनआरटीको स्थापना विक्रम सम्वत १९९१ मा भएको थियो भने पहिलो पटक २०१७ मा लिग जितेको थियो |
Nepal's oldest and 'richest' football club NRT decides to 'skip' A-Division League
0 comments:
Post a Comment