प्रथम मनमोहन स्मृति कप फुटबलमा शेषमती युवा क्लब

By
Advertisement

नुवाकोट आदर्श बहुमुखी क्याम्पस खेल मैदानमा बुधबारदेखि प्रथम मनमोहन स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

कोलनी युथ सर्कल र टाइगर क्लब त्रिशूलीबीच भएको पहिलो खेल एक एक गोलको बराबरीमा टुङ्गिएको छ । शेषमती युवा क्लब काठमाडौँ र धुन्चे युवा समूह रसुवाबीच भएको दोस्रो खेलमा १ विरुद्ध दुई गोल गरी शेषमती विजयी भएको छ ।

यस्तै पासाङ हिमाल युवा क्लब रसुवा र खरानीटार युवा क्लब खरानीटारबीच भएको तेस्रो खेल शून्यविरुद्ध ५ गोल गर्दै खरानीटारले जितेको छ ।

नेकपा(एमाले)को भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल नुवाकोटको खेलकुद विभागले आयोजना गरेको खेलकुद प्रतियोगितामा नुवाकोट, रसुवा, धादिङ र काठमाडौंका १४ समूहको सहभागिता रहेको आयोजक समितिका लेनिन रञ्जितले बताउनुभयो । प्रतियोगिता यही कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ । रासस

0 comments:

Post a Comment