
चितवन, १७ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको गैँडाकोटमा आज बिहान बस पल्टँदा १३ जना घाइते भएका छन् ।
नारायणगढबाट डन्डातर्फ जाँदै गरेको ना३ख ६११४ नम्बरको बस गैँडाकोट– ७ जयश्री पुलनजिकै सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएकाको स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए । घाइते सबैको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । रासस
0 comments:
Post a Comment