पर्बतमा स्थानीय कुखुराको पत्याउने नसकिने ठुलो अण्डा

By
Advertisement
गत बिहीबार मात्र चितवनमा कुखुराले धेरै सानो अण्डा पारेको समाचार सार्बजनिक भएको थियो फेरी आज पर्बतको कुस्माबजारको प्रगतिचोकका व्यवसायी विषमकुमार श्रेष्ठले पालेको कुखुराले १८१ ग्राम तौल भएको अण्डा दिएको समाचार प्रकाशमा आएको छ |

साधारणतया स्थानीय जातको कुखुराले ५० ग्राम तौल भएको अण्डा दिने भए पनि यो कुखुराले भने पत्याउने नसक्ने गरि १८१ ग्रामको अण्डा पारेपछि उक्त अण्डा हेर्नेहरुको भिड लागेको छ |

उक्त कुखुराले अरुबेलामा भने सामान्य तौलको नै अण्डा दिए पनि बिहीबार दिउसो भने ठुलो अण्डा पारेको थियो | ‘सधैँ  पार्नेभन्दा तेब्बर ठूलो अन्डा पारेको देखेपछि सुरुमा आफैँ अचम्ममा परें ’ श्रेष्ठले भन्नु भयो — “पत्याउनै नसक्ने गरी अन्डा पारेपछि अरूलाई पनि यसले अचम्मित बनाएको छ ।”

सामान्यतया स्थानीय जातको कुखुराले ४० देखि ५० ग्राम र उन्नत जातको कुखुराले ७० ग्राम तौलसम्मको अन्डा पार्ने गर्छ तर तेब्बर भन्दा पनि ठुलो आकार र तौलको अण्डा परेको घटना भने अनौठो भएको जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुख दीर्घनाथ ढुङ्गानाले बताए |

उनका अनुसार कुखुराले नियमित रुपमा दिनानु अण्डा पार्नु पर्नेमा दुइ चार दिन अण्डा नदिई रोकिएर अण्डा दिएमा यस्तो ठुलो आकारमा अण्डा निस्कन सक्ने हुन्छ | तर श्रेष्ठले भने बुधबार र मङ्गलबार पनि उक्त कुखुराले नियमितरूपमा अन्डा दिएको बताए ।

जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुखले कहिले काही कुखुराको डिम्बाशयबाट पहेंलो भाग एक पटकमा एउटा मात्रै आउनुपर्नेमा एकै पटक तीनवटासम्म आएमा पनि ठूलो आकार तथा तौलको अन्डा उत्पादन हुन सक्ने बताउदै यस्तो अण्डा खानको लागि भने उपयुक्त नै हुने बताए |

चितवनको सानो अन्डालाई गिनिज बुकमा विश्वरेकर्ड कायम गराउन लैजाने तयारी भएको भए पनि यो अण्डा भने बिश्वकै ठुलो अण्डा हुन सक्ने वा नसक्ने भन्ने बारे यकिन भएको छैन |

केहि समय अघि चीनमा एक कुखुराले दिएको अण्डा २०१ ग्रामको थियो र उक्त अण्डा नै बिश्वको सबै भन्दा ठुलो अण्डा हो भन्ने समाचार प्रकाशित भएको थियो |

0 comments:

Post a Comment