नेपाली आकाशमा निलम आँधीको प्रभाव

By
Advertisement
काठमाडौँ, १७ कात्तिक । मौसम पूर्वानुमान महाशाखाले दुईदिन अघि भारतको तामिलनाडु र आन्ध्रप्रदेशमा आएको निलम नामको आँधीका कारण नेपाली आकाशमा बदली भएको जनाएको
छ ।

बुधबार आएको सो आँधीबेहरीपछि नेपाली आकाशमा खुल्न नसकेको छैन र चिसो बढेको छ । बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

यो साता निलम, स्यान्डीलगायतका सामुद्रिक आँधीका कारण भारत, श्रीलङ्का, अमेरिका, हैटीलगायतका राष्ट्रमा धनजनको ठूलो क्षति भएको छ ।

नेपालमा अक्टोबर र नोभेम्बर महिना सबैभन्दा कम पानी पर्ने महिनाको रुपमा लिने गरिन्छ ।

वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बिहीबार आकाशमा पटकपटक बदली भएको देखिए पनि अहिले आँधीको प्रभाव कमजोर भएर मौसम सफा हुँदै आएको बताउनुभयो ।
उहाँका अझै एक÷दुई दिन पानी पर्ने संभावना छैन । पानी पर्न थालेपछि भने दिउँसोको तापक्रम पनि घटेर चिसो बढ्ने छ । रासस

0 comments:

Post a Comment