
बलिउड सुन्दरी ऐश्वर्या रायको ३८ औं जन्मदिन अरु बर्ष भन्दा यो पटक भने धेरै नै बिशेष भएको छ |
यहि नोभेम्बर १ तारिक देखि उनि ३९ बर्षमा लागेकी छिन र त्यहि दिन फ्रान्स सरकारले अर्डर अफ आर्टस एण्ड लेटर्स अवार्ड दिएको छ |
अर्डर अफ आर्टस एण्ड लेटर्स अवार्ड फ्रान्समा सरकारले प्रदान गर्ने दोस्रो सम्मानित अवार्ड हो | उनलाई यो अवार्ड २००९ मा नै प्रदान गरेको थियो तर उनको बुबा बिरामी भएको कारण त्यो अवार्ड थाप्न उनि असर्थ भएकी थिइन |
फेरी तिन वर्ष पछि फ्रान्स सरकारले उनलाई यो अवार्ड प्रदान गरेको छर यो पटक आफ्नो जन्मउत्सबको अवसरसँगै खुशीसाथ उनले अवार्ड थापेकी छिन |
ऐश्वर्याकोको लागि यो बर्ष नै रमाइलो रहने भएको छ | यहि नोभेम्बर १६ मा उनकी छोरी आराध्य बच्चन जन्मेको एक वर्ष पुरा हुदै छ | यो दिन ऐश्वर्याले आफ्नो पहिलो सन्तान आराध्य राय संगै परिवारको साथमा भब्य रुपले बर्थडे मनाउने तयारी गरेको समाचार बाहिर आएको छ |
0 comments:
Post a Comment