ओठ फुटेर वा कालो भएर चिन्तित हुनुहुन्छ ??

By
Advertisement

Cracking lips ?? Here is solution
जाडो महिनामा प्राय: सबैको ओठ फुट्ने गर्दछ | विभिन्न कारणहरु हुन्छन ओठ फुट्नु मा: ओठ फुट्दा सुन्दरता पनि कमि आएको हुन्छ |

ओठ फुटेर हैरानी बन्नु भएको छ ? धेरै औषधि गर्दा पनि निको भएको छैन र चिन्ता मा हुनु हुन्छ ? त्यसो भए  यहाँ तपाई हरुलाई यसको समाधानको बारेमा जानकारी दिईदै छ   |


यी केहि सामान्य उपायहरु छन् जसको प्रयोगले तपाइको ओठ फुट्नबाट जोगाउन सकिन्छ |


  • राति सुत्ने बेलामा तोरीको तेल नाइटोमा लगाउने गर्नाले ओठ फुट्ने समस्या बाट छुटकरा मिल्छ | 
  • बिहान र बेलुका दिनको २ पटक ४-५ वटा बदाम खाने गरेमा ओठ फुट्ने समस्या टाढा हुन्छ |
  • दिनमा कम्तिमा २ पटक ग्लिसिरिन ओठमा लगाउने गर्दा पनि ओठ फुट्दैन |
  • गुलाफको फूल पिधेर त्यसको धुलो संग अलिकति दुध वा दुधको तर संग लेप बनाएर कम्तिमा पनि सात दिन लगाउनु पर्छ यसो गर्नाले ओठ फुट्ने समस्या बाट पूर्णतया छुटकारा मिल्छ
  • अलैची पिसेर त्यसको धुलो नौनी (मख्खन ) संग मिलाएर त्यसको लेप बनाई दिनमा दुइ पटक लगाउने गर्नाले पनि ओठ फुट्ने तथा कालो हुने समस्या बाट छुटकारा मिल्छ |

यहाँ बताइएका सामाग्रीहरु प्राय हाम्रो घरमा सधै हुने हुनाले आफ्नै घरमा भएको सामाग्रीहरु प्रयोग गरेर ओठ फुट्ने समस्या बाट मुक्ति पाउन सक्नु हुन्छ |

यहाँ बताइएका सबै औषधि आयुर्बेधिक हुन् र कुनै किसिमको अन्य हानी गर्दैनन् | बजारमा पाइने केमिकल मिलाएर बनाएको विभिन्न औषधिहरु पनि हुन्छन जुन प्रयोग गर्न सजिलो हुन्छ र छिटो पनि हुन्छ |

हाल कुनै असर गरेको नदेखिए पनि कालान्तरमा यस्ता केमिकल मिसिएको कुराहरुले पक्कै पनि असर गर्छन भन्ने कुरा हामी सबैलाई सर्बबिदितै छ | त्यसैले माथि भनिएका कुनै एक तरिका अपनाई तपाइले आफ्नो ओठ फुट्न र कालो हुन बाट जोगाउन सक्नु हुन्छ |

0 comments:

Post a Comment