बिग बोसमा असिम राख्दा कलर्सको कार्यालयमा आक्रमण

By
Advertisement
नयाँ दिल्ली, कात्तिक १७ - विवादास्पद कार्टुनिस्ट असीम त्रिवेदीलाई रियालिटी सो बिग बोस मा राखेपछि उनको निक्कै बिरोध भैरहेको छ |

कार्टुनिस्ट असीमलाई उक्त कार्यक्रमबाट हटाउनु पर्ने माग गर्दै रिपब्लिकन पार्टी अफ इन्डियाका युवा कार्यकर्ताहरुले मुम्बइको अँधेरीमा रहेको कलर्स टिभी च्यानलको कार्यालयमा आक्रमण गरेका छन् |

ढुंगामुढा गरेका भन्दै प्रहरीले आक्रमणको अभियोग लगाई ८ जनालाई पक्राउ गरेको छ |

भारतीय पत्रिका हिन्दुसंग कुरा गर्दै रिपब्लिकन पार्टी अफ इन्डियाका एक कार्यकर्ताले कार्टुनिस्टलाइ शुक्रबारको कार्यक्रममा हटाइने आश्वासन दिएको बताउदै उनलाई ननिकालिए अझ ठुलो हिंसा हुने बताएका छन् |

कलर्स टिभी च्यानलको कार्यालयमा भएको भएको ढुंगामुढामा कोहि कसैलाई पनि चोटपटक भने लागेको छैन।
-एजेन्सी

0 comments:

Post a Comment