
मलेसिया र सिंगापुर रहेको समूहमा नेपाल पनि रहेको छ। यो समूहमा दुई जितका साथ हङकङ सबैभन्दा अगाडि छ भने नेपाल, मलेसिया र माल्दिभ्स एक विजयका साथ दुई अंकमा छ। नेपाल र मलेसियाबीचको खेल शनिबार हुँदैछ।
इन्जिनियरिङ कलेजमा आज भएको अर्को खेलमा बहराइनलाई अफगानिस्तानले ७२ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य बोकेर मैदानमा उत्रिएको बहराइन १५.५ ओभरमा ८५ रनमै समेटियो।
काठमाडौँ, चैत १५ (नागरिक)
0 comments:
Post a Comment