नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान

By
Advertisement
मेरो शरीरमा मेरै अधिकार नारा पोती फेसबुकमा नाङ्गै फोटो पोस्ट गरेपछि एक युवतीलाई मुस्लिम धर्मगुरुले ढुंगा हानी हानी मार्नुपर्ने भने पछि यो घटनाले उग्र रुप लिन लागेको छ |

१९ वर्षकी ट्युनिसियाली युवती अमिना टाइलरले आफ्नो शरीरमा "मेरो शरीरमा मेरै अधिकार" लेखेर आफ्नो नाङ्गो तस्बिर फेशबुकमा पोस्ट गरेकी थिइन् |

यसरि एक मुस्लिम धर्मगुरुले ढुंगा हानी हानी मार्नुपर्ने आहवान गरेपछि त्यसको बिरोधमा युक्रेनको महिला अधिकारवादी समूह जागेको छ |


विरोधमा युक्रेनको महिला अधिकारवादी समूहलेचैत २२ गते ट्युनिसियामा नाङ्गो क्रान्ति (टपलेस रेभोल्युसन) को आह्वान गरेको छ। फिमेन नामको यो समूहले यसरि नाङ्गो क्रान्ति (टपलेस रेभोल्युसन)को कार्यक्रम गर्न लागेको हो । यो समुहले यसअघि पनि यस्तै कार्यक्रम हरु गर्दै आइरहेको छ |

टाइलरले आफ्नो नांगै तस्बिर फेसबूकमा राखेको केहि समय पछी उनका आफन्तले उनलाई मानसिक अस्पताल पुर्याएका थिए | ट्युनिसियाली मिडिया भन्छन यदि उनले कानुन उल्लङ्घन गरेको ठहर भयो भने उनलाई २ वर्ष सम्मको जेल सजाय हुन सक्ने छ |

मुस्लिम महिलाहरु अन्यायमा परेको र आफ्नों शरीरमा आफ्नो अधिकार नभएको भन्दै आन्दोलन गरिरहेका छन् |


Tunisian girl posts topless photo on Facebook to 'challenge extremists

0 comments:

Post a Comment