
काठमाडौंको दशरथ रंगशालामा आयोजित एनसेल कफ फुटबल प्रतियोगितामा मध्यपुर युथ एसोसिएसन बिजयी भएको छ |
आज आइतबार भएको प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लवलाई १–० ले हराएको हो |
मध्यपुरका खेलाडी निराजन रायमाझीले २७ मिनेटमा १ गोल गोल गरेका थिए भने एपिएफ को तर्फबाट कुनै गोल हुन सकेन |
एपिएफ क्लवलाई १–० ले हराउदै खेल जितेपछि मध्यपुरलाइ २ खेलबाट ४ अंक प्राप्त भएको छ |
यस अघि एपिएफले फ्रेन्डस् क्लबलाई हराएको थियो भने मध्यपुरले थ्रीस्टारलाई बराबरीमा रोकेको थियो |
0 comments:
Post a Comment